23 June 2021  |   बुधबार, असार ९, २०७८

कोहलपुरमा पाँच वर्षीया बालिका बलात्कृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ १२, २०७५  

कोहलपुर/  पाँच वर्षीया बालिका बलात्कारको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिका–३ मैटहवाकी ५ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भई हाल कोहलपुर–४ बस्ने उनकै काका नाता लाग्ने १९ वर्षीय हरुण खाँनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्याल कोहलपुरका प्रहरी निरिक्षक मान बहादुर विसीले जानकारी दिए ।

खाँनले बालिकालाई मंगलबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कृत बालिकाको मंगलबार नै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य परीक्षण गराइएको र मेडिकल रिर्पोट आउन बाँकी रहेकोले आएपछि मात्र बलत्कार भएको हो होइन भन्ने कुरा पत्ता लाग्ने प्रहरी निरिक्षक विसीले बताए । मंगलबार घटना घटेपनि प्रहरीमा जाहेरी भने दर्ता गरिएको छैन ।

बलात्कारका आरोपी खाँनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ १२, २०७५     10:16:39 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *