मुक्त कमैयाहरुको यसै वर्ष पुर्नस्थापना गरिने उपसभामुख थारु



बर्दिया/  प्रदेश नम्बर ५ का उपसभामुख कृष्णी थारुले बर्दियामा पुनस्थापना हुन बाँकी ८३ मुक्तकमैयाँ परिवारहरुको यसै वर्ष भित्र पुर्नस्थापना सम्बन्धी काम सन्पन्न गर्ने बताएकी छिन् ।

बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालको आठौँ वार्षिकोत्सव तथा साधारण सभालाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उपसभामुख थारुले प्रदेश नम्बर ५ सरकारले पहिलो र दोस्रो अधिवेशन गरेर प्रदेश सभामा विभिन्न विषयका १६ वटा विधेयक पेश गरी १५ वटा विधेयक पास गरिसकेको जानकारी दिइन् । उनले आफू कमैया महिलाहरुको प्रतिनिधित्व गर्दै अहिले निर्णायक तहमा पुगेकोले मुक्तकमैया, महिला, कमलहरीहरुको लागि जिविकोपार्जनका कार्यक्रमहरु पनि ल्याउने प्रतिबद्धता जनाइन् ।

उनले गरिब, बिपन्न तथा मुक्तकमैया कमलहरीहरुका लागि माछा मारेर दिने होइन, माछा मार्ने जाल दिने खालका कार्यक्रमहरु ल्याउने बताइन् । नेपाल सरकारले अहिले सम्बृद्धिको नारा ल्याएकोले जनतालाई सम्बृद्धि तर्फ जाने खालका कार्यक्रमहरु नै ल्याउने बताइन् ।

संस्थाले राजापुर, बाँसगढी नगरपालिका र बढैयाताल, गेरुवामा स्थानीय अधिकार, महिला नेटवर्क र शान्ति प्रवद्र्धन कार्यक्रम अन्र्तरगत विभिन्न कार्यक्रम गरेको र सो कार्यक्रममा रु १ करोड ८० लाख रुपैयाँ खर्च भएको संस्थाका कार्यकारी निर्देशक मान बहादुर डाँगीले जानकारी दिए ।

कमैया महिला जागरण समाज नेपालका अध्यक्ष बिरुनी थारुको सभापतित्वमा भएको उक्त सभामा राजनितिक दलका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि, दाङ, बाँके, बर्दिया कैलालीका मुक्तकमैया प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १२ गते मंगलबार