शहरी विकास मन्त्री राईलाई दुर्गादिदीले बाधिन् राखी



नेपालगन्ज/  हिन्दू धर्मालम्विहरुको पर्व जनै पूर्णिमा तथा रक्षाबन्धनका अवसरमा शहरी विकास मन्त्री मो.ईस्तियाक राईले नेपालगन्जको ब्रह्मकुमारी राज योग विश्व विद्यालयकी दुर्गा दिदीसंग राखी बाँधेर सामाजिक सद्भावको उदाहरण दिएका छन् ।

मुस्लिम समुदायका मन्त्री राईले विगत ३ वर्षदेखि दुर्गा दिदीसँग राखी बाँध्दै आएको बताए । उनले सबैको आदरसम्मान गर्दै सबैको आस्था तथा धर्मलाई समान रुपमा सम्मान दिँदै आएको बताए ।

उनले भने–‘धर्मको लागि भन्दा पनि दिदि र भाईको बीचमा रहेको सम्बन्धमा प्रगाढ बनाउने यो पर्व बिगत तीन वर्षदेखि यसरी नै रक्षा बन्धन बाँध्दै आएको छु ।’ उनले समाजिक हितको लागि आफुहरुले समाजलाई एकताको सुत्रमा बाँधनको लागि सबैका पर्वलाई सम्मान गर्ने बताए ।

सो अवसरमा बाँके प्रदेश सभा १ (क) कि सांसद कृष्णा केसी नमूनाले समाजलाई एकताको सुत्रमा बाँधनको लागि पर्वहरुले अतुलनिय भूमिका निभाएको बताइन् । उनले एकले अर्कालाई सम्मान गर्न सकेमात्र सबैको कल्याण हुने भन्दै जनैपूर्णिमाको शुभकामना व्यक्त गरिन् ।
ब्रह्मकुमारी राजयोग ईश्वरीय विश्व विद्यालयकी दुर्गादिदीले मन्त्री राई, संसद नमूनालगायत उपस्थित सबैलाई राखी लगाई सबैको भलो तथा शुख, शान्तिको कामना व्यक्त गरेकी थिइन् । -sadarline

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ११ गते सोमबार