कञ्चनपुरमा कफ्र्यु आदेश जारी



भीमदत्तनगर/   जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफ्र्यु आदेश जारी गरेको छ ।

जिल्लामा केही दिनदेखि जारी आन्दोलन बढेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कफ्र्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कफ्र्यु जारी गरिएको हो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन जारी नै राखिएको छ ।
–––

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ ७ गते बिहीबार