1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवको अवसरमा रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २, २०७५  

कोहलपुर/  नेपाल विद्युत प्राधिकरणको ३३औँ वार्षिक उत्सवको अवसर पारेर कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको छ । सो कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन ), कोहलपुर इकाई समितिको आयोजनामा नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र परिसरमा शुक्रबार आयोजना गरिएको सो रक्तदान कार्यक्रममा विद्युत कर्मचारी, विद्युत उपभोक्ता, तरुण दल, विद्यार्थी संघ, ट्रेड युनियनकर्मी, विभिन्न संघसस्थालगायत वर्गको सहभागिता रहेको थियो ।

रक्तदानको कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले विद्युत प्राधिकरण यतिबेला प्रगतिको पथमा रहेको उल्लेख गर्दै थप व्यवस्थित सेवा सुविधा प्रवाहमा ढुक्क हुन विद्युत उपभोक्ताहरुमा आग्रह गरे । कर्मचारी संघ इकाई अध्यक्ष राजेन्द्रकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः शनिबार, भदौ २, २०७५     9:04:32 PM  |