1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

बसपार्क कालोपत्रेको माग गर्दै नगरवासीद्वारा ज्ञापनपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन ३०, २०७५  

कोहलपुर/   बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क यथाशिघ्र कालोपत्रे गर्न माग गर्दै कोहलपुर नगरवासीले नगर विकास समितिलाई ज्ञापनपत्र बुझाएका छन् ।

बसपार्क क्षेत्रमा टहरा हटाएर भएपनि यथाशिघ्र बसपार्क कालोपत्रे गर्न उनीहरुको माग रहेको छ । कोहलपुर नगर विकास समितिले बसपार्क कालोपत्रे गर्न प्राविधिक डिजाईन सहित कालोपत्रे गर्न लागिरहेको अवस्थामा बसपार्क क्षेत्रमा रहेका घरटहाराहरु हटाउँदैनौं भनि बसपार्कवासीहरुको भनाईप्रति गम्भिर ध्यानाकषर्ण भएको भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

 

प्रकाशित मितिः बुधबार, साउन ३०, २०७५     7:04:26 AM  |