बर्दियाको विकासका लागि मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र



बर्दिया/  बर्दिया जिल्लाको समग्र विकासको लागि प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोख्रेललाई ज्ञापन पत्र बुझाइएको छ ।

बर्दिया जिल्लाका संघिय, प्रदेश र स्थानिय तहका प्रमुख सहितको टोलीले शुक्रबार मुख्य मन्त्री पोखरेललाई भेट गरी ज्ञापन पत्र बुझाएको छ । बर्दिया जिल्ला पहिले देखि नै उपेक्षित हुदै आएकाले विकास हुन नसकेको भन्दै अब प्रदेश सरकारले बर्दियाको समग्र विकासलाई प्राथमिकतामा राख्नु पर्ने माग लिएर टोली बुटवल पुगेको हो ।

प्रदेश सरकारका कार्यालयहरु बर्दिया जिल्लामा समेत रहने व्यवस्था मिलाउन र चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित बजेट अन्य जिल्लाहरुको तुलनामा न्युन देखिएको हुदा प्रर्याप्त मात्रामा बजेट विनियोजन तथा कार्यक्रम व्यवस्थापन गर्न टोलीले अनुरोध गरेको छ ।

जिल्लामा बाढी बाट प्रभावित क्षेत्रमा सड्क पुल पुलेसा, झोलुङ्गे पुलहरुमा परेका असरका सम्बन्धमा पुनउद्धार, पुनःनिर्माणको कार्य अविलम्व गर्न र बाढी पिडितलाई छिटो छरितो र न्यायपुर्ण राहत उपलब्ध गराउन, रमापुर, जयनगर, गुलरिया सड्क निर्माण, मुर्तिया गुलरिया नाका सञ्चालन व्यवस्थापन गर्ने, भुरीगाँउ तेलपानी सुर्खेत सड्क निर्माण, धार्मिक तथा पर्यटन सर्किट निर्माण, औद्योगित क्षेत्र निर्मण, बर्दिया र सुर्खेत जिल्ला बिच देखिएको सिमा विवादको सम्बोधन, कर्णाली नदीको बहाव परिवर्तन सँगै बर्दिया र कैलाली बिच देखिएको विवाद सम्बोधन गरी प्रादेशिक सिमाना व्यवस्थित गर्नु पर्ने, प्रदेश राजधानी भौगोलिक हिंसाबले पाएक पर्ने स्थानमा राख्नु पर्ने लगायतका माग सहितको माग पत्र जिल्ला समन्वय समितिका संयोजक शंकर प्रसाद थारुले प्रस्तुत गरेका थिए ।

टोलीमा संघिय सदस्य तुल्सा थापा, प्रदेश सदस्यहरु कबिराम थारु, तिलक शर्मा, दिपेश थारु, कुलप्रसाद पोख्रेल बाँसगढी नगरपालीका प्रमुख सालिकराम अधिकारी लगायत जिल्लाका स्थानीय तहका प्रमुख, गुर्बाबा एफएमका कार्यकारी निर्देशक एकराज चौधरी टोलीमा सहभागि थिए ।

ज्ञापन पत्र बुझ्दै मुख्य मन्त्रि पोखरेलले सेवा प्रवाहमा असर नपर्ने गरी कार्यलयहरु व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका छन ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २६ गते शनिबार