कोहलपुर/ प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बाँकेका विभिन्न कार्यालयको अनुगमन गरेका छन् ।
मन्त्री केसीसहितको टोलिले मंगलबार नेपालगन्ज कारागार, नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुर र जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रको अनुगमन गरेको हुन् । कारागारका प्रमुख श्याम लामिछानेले कारागारको अवस्थाबारे मन्त्रीसहितको टोलिलाई जानकारी गराएका थिए ।
मन्त्री केसीसहितको टोलिले कारागारको अनुगमन गर्नुका साथै कैदीबन्दीहरुसँग समेत कुराकानी गरेको थियो । सो अवसरमा कैन्दीबन्दीहरुले आफ्ना समस्याहरु मन्त्रीसमक्ष राखेका थिए ।
अनुगमन गर्दै मन्त्री केसीले नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको आधिकारीक टेलिभिजनका रुपमा विकास गरिने बताए । नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको आधिकारीक टेलिभिजनका रुपमा विकास गरिने बताएका हुन् ।
क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरको अनुगमनकालागि कोहलपुर आएका मन्त्री सोनामले प्रदेश सरकारले एन.टि.भि. को क्षेत्रिय प्रशारणलाई प्रदेशस्तरीय बनाउनकालागि आवश्यक बजेट समेत तर्जुमा गरिसकेको जानकारी दिए ।
नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरका प्रमुख बिजय वर्माले कोहलपुर प्रशारणबाट हालसम्म संघिय संरचना अनुसारका सामग्रीहरु प्रशारण गर्दै आएको जानकारी दिए । त्यसै उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रको समेत अनुगमन गरे ।
अनुगमनमा मन्त्री, प्रादेश सांसद कृष्णा केसी नमुना, नेकपा बाँकेका युवा नेता अक्कल बहादुर बम, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्