अगैया बजारको स्वरुप फेरिदै



कविन्द्र परियार : कोहलपुर/  पुर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न २ स्थित अगैया बजारको स्वरुप फेरिन थालेको छ ।

केही समय अघि दुर्गम क्षेत्रको रुपमा हेरिने सो बजार पछिल्लो समयमा सिक्टा सिचाईको मुल नहर निमार्ण र राज्य पुर्नसंरचना भए संगै सो क्षेत्रमा गांँउपालिकाको कार्यालयको स्थापना भएपछि अगैया बजारको स्वरुप फेरिन थालेको हो ।

पहिले गौचरणको रुपमा रहेको सो बजारमा वि.स २०४३ सालमा करिब १२ घर धुरी रहेकोे स्थानीय समाजसेवी तिर्थराज डि.सीको भनाई छ ।

सिक्टा सिचाई आयोजना सूरु भईसकेपछि सो क्षेत्रले विकासको गति लिएको उनले बताए । २०६३ सालमा डि.सीको अगुवाईमा सिक्टा सिचाई आयोजना निमार्णको जिम्मा पाएको सिनो हाईड्रो कम्पनीलाई प्रस्तावना पेश गरि माटो फलिङ गर्न लगाएपछि खाल्डोमा रहेको बजारलाई माथी ल्याइएको डि.सीको भनाई रहेको छ ।

पछिल्लो समयमा राप्ती नदीमा निमार्ण गरिएको पुल लाईको संरचना समेत गर्न पोखरा लगायतका विभिन्न ईन्जिनिरियरिङ कलेजका विद्याथीहरु समेत आउने गरेका डि.सीले बताए ।

अर्का स्थानीय होटल संचालक प्रेम डागीले अगैया बजार माछाका लागि प्रख्यात भएको र गाउँपालिकाको कार्यालय स्थापना भए सगै मानिसहरुको आवतजावतमा वृद्धि भएका कारण अगैया बजारको स्वरुपमा परिवर्तन आएको बताए । अहिले सो क्षेत्रमा बजारको अवस्थामा वृृद्धी भएको छ भने नयाँ भवनहरु समेत बन्न थालेका छन ।

पहिले यातायातको समस्या समेत रहेको सो क्षेत्र देखी भवानीयापुर सम्म बाटो कालोपत्रे भएपछि अटोरिक्सा समेत संचालनमा रहेका छन । भने भार्गव विकास बैंकले सेवा समेत सुरु गरेको छ ।

अहिले सो क्षेत्रमा थारु संग्रहालय सहितको पकिनिक स्पोर्ट समेत निमार्णको काम अघि बढेको छ । पहिले फोटोकपी गर्न समेत शम्शेरजग वा कोहलपुर जानुपर्ने बाध्यता हटेको स्थानीय भनाई रहेको छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्यटन कार्यालय कोहलपुरले समेत सो क्षेत्रलाई पर्यटकिय विकासको रुपमा अघि बढाउने गुरु योजना अघि सारेका छन ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अगैया बजार पहिलेको तुलनामा अहिले निकै परिवर्तन भएको बताए । साथै अगैया क्षेत्रको पर्यटन विकासकालागि यस आर्थिक वर्षमा ८ लाख रुपैया विनियोजन गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ९ गते बुधबार