29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

नेपालगन्जको सुर्खेतरोडमा वृक्षारोपण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन १, २०७५  

नेपालगन्ज/  नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेत रोडस्थित ग्रीन बेल्टमा वृक्षारोपण गरिएको छ । अक्सफामको सहयोग तथा बी ग्रुपको सहकार्यमा उपमहानगरपालिकाले मंगलबार सर्खेत रोडस्थित महेन्द्र बहुमुखी क्याम्पस क्षेत्रमा ४० वटा विरुवा रोपेको हो ।

नेपालगञ्ज उद्योग वाणिज्य संघ र महेन्द्र बहुमुखी क्याम्पसको संरक्षण रहने गरि ट्री गार्डसहितका उन्नत जातका शमीका विरुवा रोपिएको हो । उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले शमीको विरुवा रोपेर वृक्षारोपण शुभारम्भ रेकी थिइन् ।

उपप्रमुख थापामगरले विरुवाको नियमित संरक्षण गरेर हुर्काउन आह्वान गर्दै सामुहिक हातेमालोमा नगर हराभरा बनाइने अभियान शुरु भइसकेको उदघोष गरिन् ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गणेश कुमार रेग्मी, बी ग्रुपका अध्यक्ष राजकुमार क्षेत्री, उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले वृक्षारोपणसँगै यसको सम्वद्र्धनतर्फ जोड दिएका थिए । यस्तै जील्ला वन कार्यालय अगाडि पनि वृक्षारोपण गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन १, २०७५     9:26:51 PM  |