दाङ/ दाङको तुलसीपुर–सितलपुर सडक खण्डको जस्पुरमा ट्रकको ठक्करबाट एकजना पैदल यात्रुको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जस्पुर निवासी ५७ वर्षीय जुद्धबहादुर केसीको मृत्यु भएको जस्पुर प्रहरी चौकीका प्रमुख नयाँराम कार्कीले जानकारी दिए ।
बाँकेबाट राप्ती लोकमार्गको तुलसीपुर हुँदै रोल्पा सिमेन्ट उद्योगको लागि कोईला लिएर जाँदै गरेको रा १ ख १५६७ नम्वरको ट्रकले बस्नेतलाई मंगबार अपरान्ह् सवा चार बजेतिर ठक्कर दिएको थियो ।
केसीको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ साउन १ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्