कोहलपुर/ बाँके जिल्लामा सञ्चालन भएका मध्ये मापदण्ड पुरा भएका गरेका २६ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएइको छ ।
जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गेका २६ वटा एम्बुलेन्सलाई अनुमती दिएको हो ।
समितिले सोमबार एक कर्यक्रमको आयोजना गरी उनीहरुलाई संञ्चालन अनुमति पत्र समेत हस्तान्त्रण गरेको छ । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तबले सञ्चालन पत्र हस्तान्त्रण गर्दै गुणस्तरिय सेवा दिन र एम्बुलेन्सलाई व्यावसायको रुपमा नभई सेवाको भावमा सञ्चालन गर्न आग्रह गरे ।
समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पटक पटक अनुगमन गरेर तोकिएको मापदण्ड पुरा गरेका २५ वटालाई ग श्रेणीको र १ लाई ख श्रेणीको अनुमति दिएको जानकारी दिए ।
समितिले एम्बुलेन्स सञ्चालन निर्दे्शिका २०७४ अनुसार मापदण्ड पुगे नपुगेको अनुगमन गरेको थियो ।
बाँकेमा सञ्चालनमा रहेका एम्बुलेन्सहरु मापदण्ड पुरा नगरेको र गुणस्तरीए नभएको गुनासो आई रहेको बेलामा समितिले अनुगमन गरी मापदण्ड पुरा भएकालाई सञ्चालनको अनुमति दिएको हो ।
बाँकेमा विभिन्न संस्थाहरुले सञ्चालन गरेका ३९ वटा एम्बुलेन्स र ३ वटा शव वाहन सञ्चालनमा रहेको सबैलाई तोकिएको मापदण्ड पुरा गरेरमात्र सञ्चालनको लागि निर्देशन दिईएको जिल्ला जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले समितिले एम्बुलेन्स सञ्चालनको लागि स्वीकृती लिएर एम्बुलेस राखेका संस्थाहरुले समेत एम्बुलेन्स भाडामा लगाउने गरेको, अस्पताल वा मेडिकल कलेजबाहिर बस्नेहरुलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी गरि रहेको जानकारी दिए ।
उनले बाहिर जिल्लामा सञ्चालन गर्ने उद्देश्यले सञ्चालनमा ल्याईएका एम्बुलेन्सहरुले विरामी बोक्ने भन्दा अन्य सामान र पेसेन्जर बोक्ने गरेको पाईएकोले त्यस्तालाई सचेत पार्दै जाँहा सञ्चालनको लागि स्वीकृती लिएको हो त्यही सेवा दिनको लागि पहिलो पटक आग्रह गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्