नेपालगन्ज/ बाढी विपद्बाट प्रभावित समुदायको आपत्कालीन आवास व्यवस्थापनका लागि बाँकेमा कृत्रिम घटना अभ्यास सोमबार सम्पन्न भएको छ ।
जिल्लाको बाढी प्रकोपको पूर्वतयारी गर्ने क्रममा सेल्टर कलस्टरको क्षेत्रगत अगुवा निकाय सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको संयोजनमा र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा संचालन भएको थियो ।
कृत्रिम घटना अभ्यासको मुख्य उद्देश्य बाढी विपद्को प्रतिकार्यका लागि जिल्ला स्तरमा आपत्कालीन आवास समुहले प्रतिकार्यका लागि निर्माण गरेको योजनाको कसरी प्रयोग एवं कार्यान्वयन गर्ने सम्बन्धमा जानकारी गराउने अभिप्रायले कार्यक्रम आयोजना गरिएको हो ।
सिमुलेसनका क्रममा क्षेत्रगत अगुवा निकायको बैठक, स्थानीय तहसंगको समन्वय, जिल्ला विपद् व्यवस्थापन समितिको बैठक, दातृ निकायको सहयोग, रेडक्रसको भूमिका, समुदायमा सूचना आदान प्रदानका श्रोतहरु, जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रको भूमिका, श्रोत नक्साकंन, योजना निर्माण र कार्यान्वयन लगायत विषयमा बृहद छलफल एवं व्यहारिक अभ्यास गरिएको थियो ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन प्रमुख सुनिल कुमार ठाकुर, जिल्ला विपद् व्यवस्थापन समितिका फोकल पर्सन खगेन्द्र पौडेल र नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झना लगायतले आपत्कालीन आवासको योजना पूर्ण प्रयोगमा जोड दिनु भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, स्थानीय तह, सुरक्षा निकाय, क्षेत्रगत अगुवा निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्