12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

सामुदायिकतर्फ ज्ञानोदय माध्यामिक विद्यालय प्रथम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ३१, २०७५  

खजुरा (बाँके)/  बाँकेको खजूरास्थित ज्ञानोदय माध्यामिक विद्यालय बाँकेका सामुदायिक विद्यालयमा यसवर्ष पनि प्रथम भएको छ । प्रदेश सरकारको सामाजिक विद्यालयले उत्कृष्ट सामुदायिक विद्यालय छनौटका लागि बनाएका १० वटा मापदण्डका आधारमा ज्ञानोदय बाँकेको उत्कृष्ट सामुदायिक विद्यालय भएको हो ।

बाँकेबाट उत्कृष्ट भएको ज्ञानोदयलाई आइतबार सामाजिक विकास मन्त्रालयले ८० हजार रुपिया राशी सहित उत्कृष्ट सामुदायिक विद्यालय प्रोत्साहन कार्यक्रम अन्तर्गत सम्मान गरेको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन बराल, सचिव पुष्करराज पन्त लगायतले विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटालाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरे ।

उत्कृष्ट छनौटका लागि नतिजा, भौतिक अवस्था, शिक्षक, विद्यार्थी अनुपात र सिकाईदर आदीलाई मापदण्ड बनाइएको थियो । यस वर्षको एसइई परीक्षामा शत प्रतिशत नतिजा निकालेको ज्ञानोदयबाट २ जना ए प्लसमा उत्तिर्ण भएका छन् ।

नमूना माध्यामिक विद्यालय ज्ञानोदय २०६३ सालमा क्षेत्रीय शिक्षा पुरस्कारबाट पुरस्कृत भएको थियो । जिल्लामा दर्जन पटक प्रथम भईसकेको प्र.अ. सापकोटाले बताए । विद्यालयमा एक हजार एकसय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मितिः आइतवार, असार ३१, २०७५     10:00:04 PM  |