चोरी शिकारी तथा गिट्टी, बालुवा अतिक्रमण नियन्त्रण गर्ने प्रतिबद्धता



कोहलपुर /  जिल्लामा व्याप्त चोरी शिकारी, ढुंङ्गा, गिट्टी, बालुवा, डढेलो र अतिक्रमण नियन्त्रणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्ला वन कार्यालय बाँकेको आयोजना र बासको सहजिकरणमा आज (आइतबार) नेपालगञ्जमा सम्पन्न राप्ती नदि प्रणाली संरक्षण कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सरोकारवालाहरुले उक्त प्रतिबद्धता गरेका हुन् ।

सरोकारवालाहरुले चुरे तराई मधेश विकास समिति अन्र्तगतको राप्ती नदि प्रणाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने संस्था र निकाय विच समन्वय अभिवृद्धि गर्ने, चुरे संरक्षण तथा राप्ती नदि प्रणाली संरक्षण कार्यक्रम, चोरी शिकारी, ढुंगा, गिट्टी, बालुवा, डढेलो र अतिक्रमण नियन्त्रणका विषयमा वृहत सार्वजनिक सुनुवाई गरी समस्याको समाधानका लागि पहल गर्ने र जिल्ला वन कार्यालय लगाएत निकायले संचालन गर्ने कार्यक्रमहरुको प्रभावकारिताका बारेमा नियमित अनुगमन गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

जिल्ला बन अधिकृत ईश्वरी प्रसाद पौडेल, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख डिल बहादुर पुर्जा पुन, जिल्ला वनस्पति कार्यालय बाँकेका प्रमुख सुनिल आचार्य, कम्दि वनक्षेत्र संरक्षण समन्वय समितिका अध्यक्ष कर्ण बहादुर बिक, पारिवारिक निजि वनका प्रतिनिधि सुनिल घिमिरे र जिल्ला समन्वय समिति बाँकेका सदस्य चेत बहादुर घर्तीमगरले हस्ताक्षेररका हुन् ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा सहायक वन अधिकृत टेक नेपालीले जिल्ला बन कार्यालय बाँकेले चुरे तराई मधेश विकास समिति अन्र्तगतको राप्ती नदि प्रणाली संरक्षण कार्यक्रम अन्र्तगत सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । सहभागिहरुले गरेका विभिन्न प्रश्नहरुको जिल्ला वन अधिकृत ईश्वरी प्रसाद पौडेलले जवाफ दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ३१ गते आइतबार