काठमाडौं, २७ असार/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी कार्यदलको सदस्यमा रमेश मल्ललाई तोकिएको छ । तत्कालीन माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका इन्चार्ज हितमान शाक्य कार्यदलमा अनुपस्थित भएपछि सहइन्चार्ज मल्ललाई सदस्यको जिम्मेवारी दिएको हो ।

नेकपाले विद्यार्थी कार्यदलमा तत्कालीन एमालेबाट रवीन्द्र अधिकारी, नवीना लामा र तत्कालीन माओवादी केन्द्रबाट हितमान शाक्य र रञ्जित तामाङलाई तोकेको थियो । तर, शाक्य कार्यदल बैठकमा उपस्थित भएका थिएनन् । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले शाक्य कार्यदल बैठकमा उपस्थित नभएपछि मल्ललाई जिम्मेवारी दिएको बताए । तर, औपचारिक निर्णय भने भइनसकेको उनले बताए । मल्लले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सदस्यको जिम्मेवारी दिइसकेको बताए ।
र्टीको आधिकारिक पत्र प्राप्त भइनसकेकाले केही भन्न नमिल्ने उनले बताए ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट फुटेर रामबहादुर थापा बादल नेतृत्वको दलमा आउँदा हितमान शाक्य पनि एकतामा आएका थिए । एकतामा आएलगत्तै शाक्यलाई विद्यार्थी इन्चार्जको जिम्मेवारी दिइएको थियो । शाक्यको विद्यार्थी पृष्ठभूमि भएकाले उनी विद्यार्थी इन्चार्ज भएका थिए । पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित शाक्यले दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेका थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–१० बाट पराजित भएका थिए ।









प्रतिक्रिया दिनुहोस्