प्रहरीको राजमार्गसँगै गाँउ केन्द्रित मोटरसाईकल गस्ती



बाँसगढी/  ईलाका प्रहरी कार्यालय बाँसगढीले राजमार्ग सँगैगाँउ केन्द्रित मोटरसाईकल गस्ती सुरु गरेको छ । बाँसगढी क्षेत्रमा हुने भन्सार चोरी निकासी, लागुपदार्थ दुव्र्यसनी रोकथाम तथा लागुपदार्थ नियन्त्रण र राजमार्गको सुरक्षालाई ध्यानमा राखि राजमार्गसँगै गाँउ केन्द्रित मोटरसाईकल गस्ती सुरु गरिएको हो ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा ५ वटा मोटरसाईकलमा २४ सै घण्टा समय समयमा चेक जाँज गरिएको छ ।

विशेष गरी ईलाका प्रहरी कार्यालयमा रहेको चारपांग्रे गाढी सबै गाँउहरुमा नजाने र आम नागरिकहरुसँग पनि घुलमेल नहुने कारण गाँउमा पनि मोटरसाईकल गस्ती गरिने प्रहरी निरिक्ष बसन्त गौतमले बताए ।

मोटरसाईकलमा गाँउमा गएको गस्ती चोक तथा गाँउमा बसेर नागरिकहरुसँग छलफल र भेटघाट गरी प्रहरी र नागरिकहरुको सम्बन्ध समधुर बनाउने उदेश्यले पनि यो अभियान थालिएको गौतमको भनाई छ ।

मोटरसाईकल गस्तीले नियम विपरित सवारी साधन चलाउनेलाई ठाँउको ठाँउ कारबाही गरिने, राजमार्गको छेउछाउ र गाँउका चोक तथा साईडहरुमा अनैतिक कार्य गर्नेहरुलाई निरुत्साहित गर्न र भारतको बलैगाँउ देखि अबधै सामानहरु चोरी निकासी भइरहेकाले चोरी निकासी रोकथाम गर्न मोटरसाईकल गस्ती सुरु गरिएको प्रहरी निरीक्षक गौतमले बताए ।

चेक जाँचको क्रममा पहिलो दिन ६ ओटा मोटरसाईकलमा सवार ११ जनालाई ठाँउको ठाँउ कारबाही गरिएको छ । त्यस्तै भारतबाट अबैध चोरी निकासी भई आएका मल तथा खाद्यन्न सामाग्री बरामद समेत गरिएको छ ।

मोटरसाईकल गस्तीले नियम विपरित कार्य गर्नेहरु सजक हुने र शान्ति सुरक्षा अमनचैन कायम गर्न टेवा पु¥याउने विश्वास लिइएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २५ गते सोमबार