एन्फा कप अन्तर विद्यालय स्तरीय फुटवलको जनज्योती मावि कोहलपुरलाई



कोहलपुर/ एन्फा कप अन्तर विद्यालय छात्र\छात्रा फुटवल प्रतियोगिताको उपाधि जनज्योती पब्लिक मा.वि. कोहलपुरले जितेको छ । कोहलपुरस्थित १३ विगाह मैदानमा शनिबार सम्पन्न दुबै फाईनल खेलमा जित निकाल्दै जनज्योतीले उपाधिमाथी कब्जा जमाएको हो ।
एक हप्तासम्म संचालन भएको प्रतियोगितामा छात्रातर्फ ५ वटा र छात्रतर्फ २० वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताका संयोजक जनक के.सी. ले जानकारी दिए ।

छात्रातर्फ दिपज्योती विद्या सदन डिगिया र जनज्योती पब्लिक मा.वि. फाईनल चरणमा पुगेका थिए । शनिबार सम्पन्न पहिलो फाईनल खेलमा १-० गोलअन्तरले जनज्योती पब्लिक मा.वि बिजयी भएको हो । निकै प्रतिस्प्रर्धाकाबिच जनज्योतीका खेलाडीले प्रहार गरेको उत्कृष्ट सट गोलमा परिणत भएको थियो ।

त्यस्तै शनिबार नै सम्पन्न छात्रतर्फको फाईनल खेलमा वागेश्वरी एकेडेमी कोहलपुरलाई ४-१ गोल अन्तरले पछि पार्दै जनज्योती मा.वि. बिजयी भएको हो । छात्रातर्फको नतिजा आप्mनो पक्षमा पार्न सफल भएको जनज्योतीकालागि छात्रहरुले समेत उत्कृष्ट पारी खेलेपछि वागेश्वरीका खेलाडीहरु दवावमा देखिएका थिए । सुरुवातदेखि नै आक्रामक देखिएको जनज्योतीले लगातार ४ गोल प्रहार गरेको थियो । वागेश्वरी का खेलाडीहरुले पुरै खेल अवधिभर गोल गर्ने प्रयास गरेपनि सान्त्वना १ गोल मै चित्त बुझाउन बाध्य भएका थिए ।

प्रतियोगिताका बिजेता र उपबिजेता टिमलाई कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान लेख बहादुर क्षेत्री, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्ले लगायतले संयुक्त रुपमा ट्रफि तथा मेडल प्रदान गरेका थिए ।

उक्त प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुरलाई खेलकुदको हबका रुपमा बिकास गर्न आफु प्रतिवद्ध रहेको बताएका थिए । खेलकुद क्षेत्रलाई मध्यनजर गर्दै कोहलपुरमा केही संरचनाहरु निर्माण गर्ने कार्य सुरु गरिएको बताउँदै प्रमुख रावतले छिट्टै अत्याधुनिक सुविधा सहितका संरचनाहरु निर्माण हुनेमा विश्वस्त हुन सबैलाई आग्रह गरे ।

त्यसैगरी बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले विद्यालयस्तरबाटै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता संचालन गरिएको जानकारी दिए । कोहलपुरस्थित मैदानलाई थप ब्यवस्थित गरि चौथो गोल्डकपका केही खेलहरु कोहलपुरमै संचालन गर्ने योजना बनाईएको शाहीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २४ गते आइतबार