बाँकेका जनप्रतिनिधिलाई एकीकृत सम्पत्ती करबारे अभिमुखिकरण



कोहलपुर/  बाँकेका सबै स्थानीय तहका जनप्रतिनिधि तथा लेखाका कर्मचारीहरुलाई एकीकृत सम्पत्ति करको बारेमा अभिमुखीकरण गरिएको छ ।

जिल्ला समन्वय समिति बाँकेले संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयको आर्थिक सहयोगमा बाँकेका आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, लेखा समिति तथा राजस्व समितिका संयोजक र लेखाका कर्मचारी समेतलाई एकीकृत सम्पत्ति करको बारेमा अभिमुखीकरण गरिएको जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

एकीकृत रुपमा कर तिर्ने बानी बसाउनको लागि मन्त्रालयको सहयोगमा जिल्ला समन्वय समिति बाँकेले तीन दिने अभिमुखीकरणको आयोजना गरेको उनले बताए ।

गत शुक्रबारदेखि नेपालगन्जमा सञ्चालनमा भएको उक्त अभिमुखीकर

णमा कोपिला पोख्रेल र आशा मल्लले सहजीकरण गरिरहेको जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २३ गते शनिबार