8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

एक महिनाभित्रै डुडुवाको प्रोफाइल तयार गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २३, २०७५  

डुडुवा (बाँके)/  डुडुवा गाउँपालिकाको आवधिक योजना र वस्तुगत विवरणसहितको प्रोफाइल तयार हुने भएको छ । गाउँपालिकाको जनसंख्या, घरधुरी, शिक्षा, स्वास्थ्य, कृषि, पशु, लगायत तथा योजना सहितको प्रोफाइल तयार हुने भएको छ ।

प्रोफाइल निमार्ण गर्ने जिम्मा लिएको जनशक्ति अनुसन्धान तथा विकास केन्द्र नेपालगन्जले शुक्रबार आयोजना गरेको प्रोफाइल मस्यौदा प्रमाणीकरण कार्यशालमा उक्त जानकारी गराइएको हो ।

संकलन गरिएको वस्तुगत विवरणबारे प्रस्तुतीकरण गर्दै केन्द्रका प्रभाकर भटराईले अन्तिम सल्लाह सुझाव लिई संशोधन गरेर एक महिनाभित्र प्रकाशन गर्ने बताए । उनले करिब ६० जनाको जनशक्ति परिचालन गरि गाउँपालिका अन्र्तगत घर घरमा पुगेर सम्पुर्ण विवरण संकलन गरिएको भन्दै त्यसैका आधारमा प्रोफाइल तयार हुन लागेको जानकारी दिए ।

कार्यशालामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको ऐना नै प्रोफाइल भएकाले अब यसैको आधारमा कामको दिगोपना तथा सेवाको सहजता तथा प्रभावकारिता बढने बताए । उनले गाउँपालिकामा रहेका समस्याको समाधान तथा नमुना गाउँ बनाउनका लागि गुरु योजना निमार्णमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, उपाध्यक्ष साहिदा वानो, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद रेग्मी, वडाध्यक्षहरु गजेन्द्र कैराती, प्रशुराम बुढाथोकी, मोहनराम मिश्र, कार्यपालिका सदस्य लिलावती यादव, वडासचिव, लगायतको उपस्थिती रहेको थियो ।
गाउँपालिकाले संचालन गरेको घरधुरी सर्भेक्षण अभियानले प्रोफाइल तयर गर्नमा मद्दत पुगेको छ ।

प्रकाशित मितिः शनिबार, असार २३, २०७५     7:37:14 AM  |