सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तालिम कोहलपुरमा



कोहलपुर/ कोहलपुरका एफएम रेडियोमा आवद्ध सञ्चारकर्मी तथा पत्रकारहरुका लागि तीन दिने क्षमता अभिवद्दि तालिम शुक्रबारदेखि कोहलपुरमा शुरु भएको छ ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै प्रमुख रावतले कोहलपुर नगरपालिकालाई सञ्चारमैत्री नगरपालिका बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । उनले पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा लाग्न आग्रह समेत गरे ।

तालिममा सहभागी सञ्चारकर्मीहरुलाई आफ्नो क्षमता विकास गरी थप व्यावसायिक हुन कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरीले आग्रह गरिन् ।

पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले पत्रकारिता क्षेत्रमा सक्रिय तथा हालै प्रवेशी सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि कोहलपुर नगरपालिकाले लिएको नीति महत्वपूर्ण रहेको भन्दै खुशी व्यक्त गरेका थिए ।

उनले समग्र पत्रकारीता क्षेत्रको विकासका लागि नगरपालिकाले प्रभावकारी योजनाहरु सञ्चालन गर्नु पर्नेमा जोड दिए । रेडियो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको पत्रकारे महासंघ बाँँकेका उपाध्यक्ष प्रदिप वाग्लेले जानकारी दिए ।

तालिमको पहिलो दिन पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु र सचिव तिलक गाउलेले सहभागी प्रशिक्षार्थीहरुलाई आफ्ना अनुभवका साथै पत्रकारीताको पछिल्लो अवस्थाका बारेमा सहजीकरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रबार