कोहलपुर/ बाँकेको कोहलपुरमा एक ब्यक्तिले आप्mनो श्रीमतीको हत्या गरेका छन । कोहलपुर–५ पृथ्वीनगर निवासी बब्लु भनिने एकराज बैदवारले आप्mनी ४५ वर्षिया श्रीमती दुर्गा बैदवारको हत्या गरेका हुन ।
बुधबार राती धारिलो हरियार प्रहार गरी बब्लुले श्रीमतीको हत्या गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बब्लुले पारिवारिक झगडाका कारण श्रीमतीको हत्या गरेको हुनसक्ने ईलाका प्रहरी कार्यालय केहलपुरले जनाएको छ ।
घटनास्थलबाट धारिलो चक्कु र हथौडा बरामत गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिए ।
निर्मम तरिकाले श्रीमतीको हत्या गरेका बल्लु हाल फरार रहेको र उनको खोजी तिब्र पारिएको घिमिरेले बताए ।मृतकको शव पोष्टमार्टमका लागि नेपालगन्ज पठाइएको बताइएको छ ।
प्रकाशित मिति : २०७५ असार २० गते बुधबार









प्रतिक्रिया दिनुहोस्