बाँसगढी, बर्दिया/ १५ औँ राष्ट्रिय धान दिवसमा बाँसगढीका उत्कृष्ठ कृषकहरुलाई सम्मान तथा कृषक समुहलाई कृषि उपकरण तथा औजार बितरण गरिएको छ । “धान उत्पादनमा बृद्धि, राष्टिय समृद्धि” भन्ने नारा सहित बाँसगढी नगरपालिकाको सहयोगमा साना किसान सहकारी संस्था लि. लक्ष्मणाको आयोजनामा भएको कार्यक्रम उत्कृष्ट ९ जना कृषक तथा कृषक समुहलाई कृषि यन्त्र वितरण गरिएको हो ।
बाँसगढी नगरपालिकाको सहयोगमा साना किसान सहकारी संस्था लि. लक्ष्मणाको आयोजनामा भएको कार्यक्रममा तरकारी खेतिमा उत्कृष्ठ कृषकहरु बाँसगढी ३ उत्तरभकारीका गोरैतु थारु, बठुवाका अमिलाल चौधरी, सतहरियाका बेलबिक्रम चौधरी, डेउढाका धिकरा थारु, भैसासुका गुरैयाँ चौधरी, माछागढका तेजबहादुर थारुलाई पुरुस्कार सहित सम्मान गरिएको छ ।
त्यस्तै केरा खेति तर्फ बाँसगढी १ चेपांगका झुपलाल न्यौपाने, माछापालन तर्फ बाँसगढीका डम्बर बहादुर वली र फलफुल बेर्ना उत्पादन तर्फ बाँसगढी २ बनमुरुवाका कालिराम थारुलाई उत्कृष्ठ किसानको रुपमा सम्मान गरिएको छ । त्यस्तै पकेट बिकास र साना सिचाई कार्यक्रम अन्तरगत कृषि यन्त्र बितरण गरिएको छ ।
झरसैला कृषक समुह, हरियाली कृषक फर्म दमौलीलाई पावर टिलर, पकेट बिकास कार्यक्रम अन्तरगत उपकार अगुवा कृषक समुह, न्यौपाने बहुउदेश्यीय कृषि फर्म, ईन्द्रेणी एग्रो फर्म लाई पावर टेलर, मिनि टेलर, सुखरिया कृषि फर्मलाई डेलिभरी भ्यान बितरण गरिएको छ । साना किसान कार्यक्रम अन्तरगत जागरण कृषक समुह र फुलबारी कृषक समुहलाई पम्प सेट सहित सम्पुर्ण सामाग्री बितरण गरिएको छ ।
साना किसान सहकारी संस्था लिका अध्यक्ष देविसरा जैसीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक वसन्त गौतम, कृषि शाखा बाँसगढीका भिमलाल चौधरी, बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष रामसिंह थारु, वडा अध्यक्ष तथा वडा सदस्यहरु, विभिन्न कृषिक समुहका अध्यक्ष तथा प्रनितिधी, राजनितिक दलका प्रतिनिधि, समाजसेवी बुद्धिजिबी कृषक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण प्रबन्धक शान्ती गैरेले गरेकी थिईन । कार्यक्रम पछि सामुहिक धान रोपाई गरि दहि च्युरा खाई धान दिवस भव्यताका साथ मनाईएको थियो ।