29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

अपाङगता भएका व्यक्तिलाई व्हीलचीयर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १२, २०७५  

नेपालगन्ज/   नेपालगन्ज उप–महानगरपालिकाले वडा नं.८ ले अपाङ्गता भएका व्यक्तिहरुकालाई व्हील चियर वितरण गरिएको छ ।

वडा नं. ८ को सहयोगमा फातिमा फाउण्डेशन नेपालद्वारा सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाका दुई जना अपाङगता भएकालाई व्हील चियर हस्तान्तरण गरिएको हो ।

अपाङगता भएका व्यक्तिको जीवनयापनमा सहज होस भन्ने उदे्श्यले वडा कार्यालयले ५० हजारको सहयोग गरेको थियो । शारिरीक अपाङगता भएका सीन्नी बसखोर र दिपक ठटेरलाई व्हील चियर प्रदान गरिएको हो ।

व्हील चियर प्रदान गर्दै वडा अध्यक्ष सुरेन्द्र गुप्ताले मानवीय सहयोगले हिडडुलमा सहज पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा फाउण्डेशनका कार्यवाहक अध्यक्ष मैमुना सिद्यीकी र महासचिव सवनम प्रविण लगायत वडा सदस्य तथा स्थानीयको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, असार १२, २०७५     8:25:11 AM  |