नेपालगन्ज/ लागुऔषध दुव्र्यसन विरुद्ध कार्यरत संघ सस्थाका कार्यक्रमबारे सोमबार अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा विभिन्न संस्थाद्धारा सम्पन्न लागुऔषध विरुद्धका कार्यक्रमको उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
उपमहानगरपालिकाले लागुऔषध दुव्र्यसन विरुद्ध कार्यरत सहारा हाउस, प्रेरणा पुनस्र्थापना केन्द्र, सामना र नव किरण पनस्र्थापना केन्द्रको स्थलगत अनुगमन गरेको हो ।
उपमहानगरपालिकाको रु ६ लाख १ हजारको सहयोगमा ती संस्थाले संयुक्त रुपमा १५ वटा कार्यक्रम गरेका थिए । लागु औष दुव्र्यसन विरुद्ध अभिभावक, विद्यार्थी लगायतलाई सचेतना, लागुऔषध प्रयोगकर्तालाई आयआर्जन, शिप विकास, आवासीय उपचार सहयोग लगायतका क्रियाकलाप गरिएका थिए ।
उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, वडा नं. १३ का अध्यक्ष ओमकार नाथ मिश्रा सहितको टोलीले सहयोग कार्यक्रमका साथै ती संस्थाका समग्र गतिविधिबारे चासो राखेको थियो ।
उपप्रमुख थापामगरले लागुऔषधविरुद्ध उपमहानगरपालिका सम्वेदनशिल रहेको भन्दै प्रभावकारी कार्यक्रम सञ्चालनका लागि थप समन्वय र सहकार्यको खाँचो औल्याए । सहारा हाउस अध्यक्ष अभिराज क्षेत्रीले लागुऔषध विरुद्धका कार्यक्रम दिर्घकालिन रुपमा सञ्चालन गर्नु पर्ने भन्दै उपमहानगरपालिकाको सहयोगका लागि आभार व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्