नेपालगन्ज/ संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन बारे भएको सहमतीको कार्यन्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो– ‘नेकपासंग संबिधान संशोधनको मुख्य अजेण्डा थियो, त्यो सहमती भयो अनि सरकारमा सहभागी भयो, ओली र प्रचण्ड जीले गरेको सहमतीको कार्यन्वयन अब तत्काल शुरु हुन्छ, एकै चोटी होईन विस्तारै संशोधन हुँदै जाने हो’ उनको भनाई थियो ।
अवधी पत्रकार संघ नेपालद्वारा सोमबार साँझ नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघिय पुर्नसंरचनापछि मुलुकमा अब विकासको कार्यले गति लिने बताए । उनले मुलुकमा आर्थिक क्रान्ति गरी समृद्ध नेपाल बनाउनेतर्फ सबैको ध्यान केन्द्रि हुनुपर्नेमा जोड दिए ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नयाँ आर्थिक वर्षमा १ हजार २०० प्राथमिक स्वास्थ्य केन्द्रको भवन निमार्ण गरी अत्याधुनिक उपकरणमार्फत सेवा प्रदान गर्ने विश्वास दिलाए ।
उनले बाँके जिल्लाको विकट मानिएको राप्तीपारी क्षेत्रको अवस्था नाजुक रहेकाले सो क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापन गरी गुणस्तरिय सेवा प्रवाह गरिने बताए । नेपालगन्ज ५, ७ र कर्णाली प्रदेश जोड्ने केन्द्रका रुपमा रहेकाले भेरी अंचल अस्पतालको सेवा स्तरवृद्धि गरि यस क्षेत्रकै नमूना अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्