कोहलपुर/ समाज सेवा संस्था नेपाल हवलदापुरका कलाकारहरुले शुक्रबार कोहलपुर नगरपालिकाका विभिन्न स्थानहरुमा ट्राफिक सम्बन्धी सडक नाटक प्रर्दशन गरेका छन् ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक कार्यालय बाँकेको प्राविधिक सहयोगमा कोहलपुर नगरपालिकाको मदनचोक, श्री नेपाल राष्ट्रिय मावि खड्कवार कौशिला नगर, त्रिभुवन मावि कोहलपुर तथा कोहलपुर नगरपालिका– ८ झरकट्टी स्थनामा सडकनाटक प्रर्दशन गरिएको समाज सेवा नेपालका केन्द्रिय अध्यक्ष विनोद थापाले जानकारी दिए ।
ट्राफिक नियम सम्बन्धी जानकारी दिने उद्देश्यले प्रर्दशन गरिएको सो सडकमा सामाज सेवा संस्थाका कलाकारहरु विनोद थापा, इमरन हास्मी, शर्मिला घर्ती, कल्पना चन्द पुस्तिका शर्मा, पप्पु सुनार, बाल कुमारी विक र सन्तोष प्रसाद शर्मा लगायतले नाटकमा अभिनय गरेका थिए । सडक नाटकमा ट्राफिक नियम सम्बन्धी पम्पलेटहरु समेत वितरण गरिएको थियो ।
यस अघि समाज सेवा संंस्था नेपालले कोहलपुर नगरपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सचेतनामूलक शिक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ । शुक्रबार सबै ठाउँमा गरेर ३ हजार बढीले नाटक आलोकन गरेको आयोजकले जनाएको छ ।