आगलागीबाट घरगोठ जलेर नष्ट



कोहलपुर/  बाँकेको राप्तीसोनारी–९ महादेवामा मंगलबार विद्युत सट भई आगलागी हुदाँ स्थानीय कर्ण बहादुर खड्काको घर र गोठ तथा जलेर नष्ट भएको छ ।

दिउसो १ बजे एक्कासी विद्युत मिटरको तार सट भई आग्लागी भएको प्रहरी चौकी ढकेरी शम्शेरगजले जनाएको छ । आगालागीबाट छिमेकी दल बहादुर खड्काको घरको आधा भाग समेत जलेको छ ।

आगलागीबाट कर्ण बहादुर खड्काको करिब ७ लाख र दल बहादुर खड्काको १ लाख ७५ हजार बराबरको क्षति पुगेको प्रहरी चौकी ढकेरीका प्रहरी सहायक निरिक्षक राम बहादुर चन्दले जानकारी दिए । आगलागीबाट गोठमा राखेको काठपात जलेर नष्ट भएको छ भने केही खाद्यान्न समेत जलेको छ ।

फुसको छाना भएको गोठमा आगलागी दिउँसो एक्कासी आगो सल्केपछि मात्र थाहा भएको बताइएको छ । नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष महाविर वलीले गाउँपालिकाले आलागी भएर नष्ट भएमा प्रतिघर ५ हजार राहत दिने निर्णय गरिएको र सो का लागि वडाबाट सिफारिस गरिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रबार