वडा नम्बर ३ को कार्यालय उद्घाटन



कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय बिहीबार उद्घाटन गरिएको छ ।

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पछि वडा नं. ३ को वडा कार्यालय कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत र उपमेयर सञ्जु कुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन हुन् ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले सिंहदरवारको अधिकार गाउँ तहसम्म पुगेको भन्दै जनतालाई सहज रुप सेवा प्रदान गर्नका लागि प्रत्येक वडामा वडा कार्यालय स्थापना गरिएको बताए ।

जनताको दैनिक कामहरु गर्नका लागि वडा स्तरमै सेवा दिने लक्ष्यका साथ स्थानीय सरकार लागि परेको बताउँदै जनताको सेवामा लाग्न जनप्रतिनिधिहरुलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले वडाबाट दिने सेवा सुविधामा जनतालाई सजिलै रुपमा उपलब्ध गराउनका लागि जनप्रतिनिधिहरु सक्रिय भएर लाग्नुपर्ने बताइन् ।

कोहलपुर ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले वडा कार्यालयले नागरिकताको सिफारीस गर्दा विवाद नआउने तरिकाले स्थानीय सरकारले काम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै नेकपा यूवा नेता नरेन्द्र न्यौपानले स्थानीय तहले विकासलाई प्रमुख एजेण्डा बनाएर जानुपर्ने बताउँदै जनप्रतिनिधिहरुले जनताको काम सहज रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

स्थानीय तहको निर्वाचन पछि जनताले सिफारीसका लागि वडा अध्यक्षलाई खोज्दै जानुपर्ने अवस्थाको अन्त्य गर्नका लागि उपयुक्त नीति लिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रतिनिधि युवराज पौडेलले जनताको भावन अनुसार जनप्रतिनिधिहरुले आफ्नो काम गर्नुपर्नेमा जोड दिँदै जनताको भावना विपरीत कुनै पनि काम नगर्न आग्रह गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नं. ३ लाई आर्थिक समृद्वि सहितको विकासका लागि सबैको साथ र सहयोगको आवश्यकता परेको कोहलपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रबार