कोहलपुर/ बाँके बैजनाथ गाउँपालिका–७, पेडारीका विपन्न चमार समुदायका ५ घरलाई मंगलबार गाउँपालिकास्तरीय दलित सञ्जालले बाख्रा उपहार प्रदान गरेको छ ।
पेडारीका अतिविपन्न ५ घरलाई करिब ४० हजार बराबरको लागतमा पाँचवटा बाख्रा उपहार प्रदान गरिएको आयआर्जन समिति संयोजक दिल विश्वकर्माले जानकारी दिए ।
बाख्रा उपहार कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका–७ का वडाध्यक्ष सीताराम थारुले सञ्जालले वितरण गरेका बाख्रा राम्रोसँग पालनपोषण गरेर आयआर्जनमा सुधार ल्याउनुपर्ने बताए । साथै आम्दानी गरेर देखाउनसमेत आग्रह गरे ।
सञ्जालले चमार समुदायका कैलाशा चमार, नन्की चमार, कमला देवी चमार, इलासा चमार र चन्द्री चमारलाई उन्नत जातको बाख्रा वितरण गरिएको सञ्जाल अध्यक्ष खगीसरा सुनारले जानकारी दिइन् ।
बाख्रा वितरण कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं. ७ का वडा सदस्य गोपाल थारु, कन्हैयालाल थारु, सरस्वती चमार, कौशिला उपाध्याय, गाउँपालिकास्तरीय दलित सञ्जालका सचिव यमुना रसाइली, कोषाध्यक्ष सम्झना परियारलगायतको सहभागिता रहेको थियो ।
सञ्जालले बैजनाथ गाउँपालिकाको सहयोगमा गाउँपालिकाभित्रका सबै वडाका विपन्न दलितहरुलाई बाख्रा वितरण गर्दै आइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्