युवाहरुलाई मानव वेचविखन विरुद्ध तिन दिने तालिम



नेपालगन्ज/  नेपालगन्ज उप महानगरपालिका करिव दुई दर्जन युवाहरुलाई मानव बेचविखन विरुद्ध युवाहरुलाई तीन दिने तालिम प्रदान गरिएको छ ।

‘हाम्रो आवाज चेलिबेटि वेचविखनबाट मुक्त समाज’ भन्ने नारा सहित नेपालगन्ज उप महानगरपालिका र माइती नेपालको आयोजना तथा माइती युवा संजालको समन्वयमा युवाहरुका लागि तीन दिने तालिम प्रदान एिको हो ।

युवाहरुलाई मानव वेचविखनविरुद्ध संवेदनशील एवं सशक्तिकरण गर्दै उनीहरु मार्फत समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइरालाले बताए ।

मानव बेचविखन विरुद्ध क्रियाशिल माइती नेपाल नेपालगन्जले आयोजना गरेको उक्त कार्यक्रमा युवाहरुलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था, कारण, दलालहरुले अपनाउने तौर तरिका, सम्पर्क स्थानहरु कानुनी व्यवस्था, वैदेशिक रोजगार, सुरक्षित वसाईसराई, लिङ्ग र लैगिकता र मानव बेचविखनविरुद्ध युवााहरुको भुमिका लगायतको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।

उतm तालिमको अन्तिम दिन मंगलबार युवाहरुद्धारा मानव बेचबिखन विरुद्ध सक्रिया रहि कार्य गर्ने गरी व्यक्तिगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको कार्ययोजना समेत तयार पारेका छन् ।

जस अन्तर्गत व्यक्तिगत तवर बाट गर्न सकिने कार्यहरुमा आफु सचेत रहि परीवार र सथिहरु सबैलाई सचेतना फैलाउने, शंकास्पद व्यक्तिहरु र जोखिममा रहेका व्यक्तिहरुको वारेमा निगरानि राख्ने परामर्श दिने र आवस्यकता अनुसार सम्वन्धित निकायहरु संग समन्वय गर्ने, हिंसामा परेका पिडित प्रभाविहरुलाई आत्म सम्मानपूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुर्नस्थापनाका लागि क्रियाशिल रहने लगायतका क्रियाकलापहरु रहेका छन् ।

सेही क्रममा यसअघिगठन भई क्रीयासिल रहेको जिल्ला स्तरिय माइती युवा सन्जाल बाँके ( माइती युथ नेटवर्क बाँके ) लाई अझ प्रभावकारी रुपमा क्रीयासिल गराउदै उतm संजलले बाँके जिल्लामा मानव बेचबिखन विरुद्ध महिला वालवालिकामा आधारित मानव अधिकारमुखि कार्यक्रम समय समयमा समिक्षा गर्दै थप प्रभावकारी रुपमा लैजाने छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ५ गते मंगलबार