कोहलपुर/ कोहलपुर नगरपालिका–११ चौराहस्थित प्रस्तावित लामो दूरीको बसपार्कका टहराहरु सोमबार हटाइएको छ । सो क्षेत्रका १ सय २० टहरा हटाइएको कोहलपुर नगर विकास समिति अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
यसअघि नगर विकास समितिले सो क्षेत्र खाली गर्न १५ दिने, ७ दिने, ३ दिने र २४ घण्टे गरी चार पटक सूचना प्रकाशित गरेको थियो ।
अटेरी गरी सो क्षेत्र खाली नगरेका कारण बाध्य भएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, विभिन्न संघसंस्थाको सहयोगमा सो क्षेत्रका टहराहरु हटाइएको नगर विकास समितिले जनाएको छ ।
यता छोटो दूरीको बसपार्क कालोपत्रे गर्न सुरु गरिएका कारण सवारीसाधन सो क्षेत्रबाट सञ्चालन गरिने बताइएको छ । त्यस्तै लामो दूरीको बसपार्कका लागि पनि इन्जिनियरहरु आइसकेको र लगत्तै काम सुरु गरिने नगर विकास समितिले जनाएको छ ।
कोहलपुर नगरपालिकालाई समृद्ध र विकसित नगरपालिका बनाउने अभियानअन्तर्गत आफू निरन्तर लागि परेको हुँदा नगरविकास समितिका सबै योजनाहरुलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको नगरविकास समिति अध्यक्ष खड्काको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्