बाँसगढीका सुन पसलमा अनुगमन



बाँसगढी/  बर्दियाको बाँसगढीमा रहेका सुन पसलहरुमा अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाहीको नेतृत्वको टोलीले आईतबार बाँसगढी बजारमा रहेका सुन पसलहरु अनुगमन गरेका हो ।

अनुगनमको क्रममा अधिकांस पसलहरुमा पुरोना ढक तराजु रहेकाले डिजिटल तराजु राख्न आग्रह गरिएको छ । बाँसगढीमा रहेका ६ ओटा सुन पसलहरु मध्य २ ओटा पसलमा डिजिटल तराजु राखिएको र मोडल सुन चाँदी पसल घरेलुमा दर्ता नभएको पाइएको छ ।

निरिक्षण टोलीले सुनको शुद्धता परिक्षणको लागि प्रत्येक पसलबाट सुनका गहनाहरु लिइएको छ । नमुना परिक्षणको लागि लिएको सुन परिक्षण गरि १।२ दिनमा पसललाई फर्काइने छ ।

ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाहीको नेतृत्वमा गरिएको अनुगमन टोलीमा ईलाका प्रशासन कार्यालय बाँसगढीका सुचना अधिकारी मोहन प्रसाद लम्साल, बाँसगढी नगरपालिकाका प्रतिनिधि चक्रबहादुर थारु, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि बिजयपाल तिवारी, बाँसगढी उद्योग वाणिज्य सँघका महासचिव युगपति पौडेल, सञ्चारकर्मी रावन बिश्वकर्मा रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ४ गते सोमबार