8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

दोषीलाई कारवाहीको माग गर्दै कोहलपुरमा व्यवसायीद्वारा प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ३, २०७५  

कोहलपुर/   कोहलपुरका सिलाई तथा कपडा व्यवसायी रुपलाल परियार लाई कुटपिट गर्ने नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुलाई कडा कारबाहीको माग गर्दै आइतबार कोहलपुरमा शान्तिपुर्ण जुलुस निकालिएको छ ।

कोहलपुर कपडा व्यवसायीको नेतृत्वमा निकालिएको जुलुस कोहलपुरको पिपलचौताराबाट सुरु भई न्युरोडमा पुगि कोण सभामा परिणत भएको थियो ।

जुलुसमा कोहलपुर उद्योग वाणिज्य संघ, नेपाल इेक्ट्रोनिक्स तथा मोवाईल व्यवसायी संघ , नेपाल कपडा तथा सिलाई व्यवसायी संघ लगायतका संघ संगठनहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, असार ३, २०७५     8:15:47 PM  |