नेपालगन्ज,२ असार/ बाँकेको डुडुवा गाउँपालिकाले गाउँ घरमा सेवा पु¥याउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरेको छ ।
गाउँपालिकाको प्रथम गाउँसभाबाट पारित गाउँमा पुगेर घुम्ती सेवा सञ्चालन गर्ने नीति अनुसार वडा नंं. ५ मा शुक्रबार एक हप्ते घुम्ती सेवा सकिएको छ ।
५ नम्बर वडा कार्यालय अन्र्तगत ३ वटा स्थानमा सञ्चालन गरिएको घुम्ती सेवामा व्यक्तिगत घटनादर्ता, मालपोत कर असुली, नागरिकता लगायत विभिन्न सिफारिस, जन्म, विवाह, मृत्यु, बसाई सराई लगायतका सेवाबाट २ सय बढीले सेवा लिएका छन् ।
एक हप्ता जबदहवा, छग्रहवा, पदमपुर गाउँमा घुम्ती सेवामार्फत सेवा प्रवाह गरिएको वडा सचिव सुर्यप्रसाद लम्सालले बताए । स्थानीयको घरदेलौमै पुगेर सेवा उपलब्ध गराउने गाउँपालिकाको नीति अनुरुप यो सेवा सुुरु गरिएको वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताए ।
उनले अहिलेसम्मको यो पहिलो पटक भएकाले अब हामी जनप्रतिनिधिहरुले यो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने भन्दै यस सेवामा वृद्धि तथा प्रभावकारितामा जोड दिए । वडासचिव लम्सालसहित ४ जना कर्मचारी र वडाध्यक्ष बुढाथोकी र वडासदस्य झुठठु थारुको समुहले सेवा प्रवाह गरेको हो ।
गाउँपालिकाको सेवाको प्रभावकारिता तथा गुणस्तरियता बढाउनका लागि प्रथम गाउँसभाबाट नागरिकका घरमा पुगेर सेवा उपलब्ध गराउने निति अन्र्तगत यस्तो अभियान ल्याएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार यो सेवाले नागरिकलाई सहजता तथा कार्यको नियमितता र प्रभावकारिता बढ्नेछ । गाउँपालिकाले वार्षिक नीति अनुसार वर्षमा दुई पटक घुम्ती सेवा सञ्चालन गर्ने नीतिमा उल्लेख गरेको थियो ।
सोही बमोजिम सेवाको शुरुवात गरिएको हो । गाउपालिकाका अन्य वडाहरुमा पनि केहीदिन भित्र यो अभियान शुरु हुने गाउँपालिकाले जनाएको छ ।