बाल दुव्र्यसनी तालिम सुरु



कोहलपुर,२ असार/   बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा शुक्रबारदेखि दुई दिने बाल दुव्यर्सनी न्युनीकरण सम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन सत्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष महाविर वलीले बाल बालिकाहरुलाई अभिभावक तथा शिक्षकहरुले दुव्र्यसनीमा फस्नबाट बचाउँनु पर्ने बताए ।

त्यस्तै रिम्ना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भाईराम वलीले बालबालिकाहरुलाई कुलतबाट फस्न नदिएमा उनीहरुको भविष्य उज्जवल हुने बताए ।

त्यस्तै स्थानीय वुद्धीजिवी सिरधर पोखरेलले बालबालिकाहरुलाई दुव्यर्सनीमा फस्न नदिन पत्रकार, प्रहरीको भुमिका महत्वपुर्ण हुने बताउँदै यस विषयमा दुवै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताए ।

नेकपाका दशरथ वलीले बालबालिकाका साथै अभिभावकहरुलाई पनि यस्तो तालिममा सहभागी बनाउन सकेमा तालिम प्रभाकारी हुने बताए ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा राप्तीसोनारी गाउँपालिका वडा नं. ९ कार्यालयको व्यवस्थापनमा सुरु भएको तालिममा ढकेरी क्षेत्रका ३ वटा विद्यालयका ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

तालिमको महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख अधिकृत शोभा शाह, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई, पत्रकार कविन्द्र परियार शंकर न्यौपाने लगायतले सहजीकरण गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २ गते शनिबार