कोहलपुर,२ असार/ कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले ट्राफिक शिक्षा सबैलाई आवश्यक रहेको बताएका छन् ।
शुक्रबार समाज सेवा संस्था नेपालले आयोजना गरेको दुर्घटना न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रममा बौल्दै नगर प्रमुख रावतले यस्तो बताएका हुन् ।
साथै धेरै जस्तो दुर्घटना ट्राफिक नियमको अज्ञनताले हुने गरेको बताउँदै विद्यार्थी युवा जेष्ठनागरिक सबैलाई ट्राफिक नियमको जानकारी हुन आवश्यक रहेको बताए ।
कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिका समाजिक विकास समितका संयोजक तथा वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउनेले ट्राफिक शिक्षा सबैलाई आवश्यक रहेको हुनले ट्राफिक शिक्षा सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
समाज सेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाको अध्यक्षतामा भएको कार्यक्रमा नमुना विद्या सदनका विद्यार्थीहरुलाई ट्राफिक शिक्षा सम्बन्धी अन्तक्र्रिया गर्नुका साथै ट्राफिक नियम सम्बन्धी प्रयोगात्मक शिक्षा दिइएको थियो ।
‘‘हाम्रो आवाज दुर्घटनाबाट मुक्त समाज” भन्ने मुल नाराका साथ आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुख हिरेन्द्र बहादुर रोकाय, ईलाका प्रहरी कार्यालय कोहलपुरका सब–इन्सिपेक्टर जंग बहादुर रोकाय क्षेत्रीले ट्राफिक शिक्षा सम्बन्धी सहजीकरण गरेका थिए ।
कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा समाज सेवा संस्था केन्द्रिय कार्यालय हवलदापुरको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा समाज सेवा संस्थाका पदाधिकारी, नमुना विद्या सदन स्कुलका प्रबन्ध निर्देशक नविन रावत, विद्यालयका शिक्षक, विद्यार्थी, संञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्