नेपालगज ३१ जेठ/ आफ्ना छोराछारीहरुलाई विद्यालय नपठाए स्थानीय वडा कार्यालयबाट प्रदान हुने सबै सेवा सुविधा रोकिन एक कार्यक्रममा बताइएको छ ।
नेपालगन्ज नगरपालिका वडा नं.१२ स्थिति बागेश्वरी आधारभुत विद्यालय सम्पन्न शिक्षा संवाद कार्यक्रममा उक्त कुराको उद्घोष गरिएको हो ।
खास गरी नेपालमा अल्पसंख्यत चिडिमार जातिका बालबालिकहरुको बाहुल्यता रहेको उक्त विद्यालयमा सिकाइ उपलब्धी राम्रो हुन नसकेको सवाल उठिरहँदा विद्यालय नपठाउने अभिभावकहरुको लागि यस्तो प्रकारको योजना तथा नीति ल्याउने पर्ने आवश्यकता रहेको वडा नं.१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीले यस्तो बताएका हुन् ।
नियमित बालबालिकहरुको विद्यालय उपस्थिति नरहदाँ शिक्षा प्रदान गरी सिकाइ उपलब्ध बढाउन नसकिरहको र अभिभावकहरु आफ्ना छोराछोरीहरुलाई विद्यालय पठाउँनुको साटो अन्य काम लगाउने गरेको पाइएको कार्यक्रममा उपस्थित सहभागीहरुले बताए ।
‘हामी सबैको इच्छा निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षा’ भन्ने नाराका साथ विद्यार्थी नियमितता तथा गुणस्तरीय शिक्षाका लागि गरिएको शिक्षा संवाद कार्यक्रममा शिक्षक विद्यार्थी र सारोकारवालाहरुले आ–आफ्नो भनाइहरु राखेका थिए ।
मुख्य सरोकारवालको रुपमा रहेका वडा अध्यक्ष सुवेदी, वडा सदस्यहरु दिनेश राज पन्त, तरुण वजाचार्य, फुलमती लोहार, चन्द्र चिडिमार, बागेश्वरी आधारभुत विद्यालयका प्रधानध्यापक शरिता खड्का, वडा शिक्षा समितिका सदस्य जनकराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना वर्मा, वडा स्तरीय बाल क्लवका अध्यक्ष विजेता पौडेल, सेभ द चिल्ड्रनका आत्मराम भट्राई लगायतले बोलेका थिए ।
संवाद कार्यक्रममा विभिन्न प्रतिवद्धताहरु कार्यन्वयन गर्ने सहमतिका साथ हस्ताक्षर पनि गरिएको छ । जसमा मासिक रुपमा बालबालिको सिकाई उपलब्धी मापन अभिलेखिकरण गर्ने, प्रत्येक २÷२ महिनामा अभिभावकसँग निरन्तर छलफल तथा अन्र्तरक्रिया गर्ने, वडा शिक्षा समिति तथा विद्यालय व्यवस्थापन समिति मार्फत विद्यालय अनुगमन गरी पृष्ठपोषण प्रदान गर्ने, शिक्षकहरु कक्षा कोठामा जानुअघि पाठ योजना तथा विद्यार्थी नियमिततालाई विद्यालय व्यवस्थापन समिति, वडा शिक्षा समिति मार्फत घरदैलो अभियान संचालन गर्ने, र अभिभावकले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउने र घरमा पनि पढ्ने वातारवरणको सृजना गर्ने जस्ता प्रतिवद्धता गरिएको युनेस्को क्लव अन्तर्गत सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष वर्माले बताए ।









प्रतिक्रिया दिनुहोस्