१८औँ एसियन भारोतलनको अन्तिम छनौट नेपालगन्जमा



नेपालगन्ज,२९ जेठ/   १८औँ एसियन भारोत्तोलन खेलको लागि अन्तिम छनौट नेपालगन्जमा सम्पन्न भएको छ ।

प्रतियोगितामा महिलातर्फ ५३ केजी तौल समुहमा नेपालगन्जकी भरोतोलन खेलाडि सन्जु चौधरी र नेपाल प्रहरीतर्फबाट ७५ केजी तौल समुहमा नेपाल प्रहरीकी तारादेवी पुन छनौट भएका छन् ।

यसै गरी पुरुषतर्फ ६९ केजी तौल समुहमा नेपाली सेनाका कमल बहादुर अधिकारी र ७७ केजी तौल समुहमा विकाश थापा छनौटमा परेका हुन् ।
प्रतियोगिताबाट छनौट भएका खेलाडिहरु इन्डोनेसियामा यही भदौ २ देखि १८ गतेसम्म हुन गैरहेको १८औँ भारोतोलन एसियन खेलमा भाग लिने अवसर पाएको भारोत्तोलनका केन्द्रिय प्रशिक्षक दिनेश भुजेलले जानकारी दिए ।

अन्तिम छनौट प्रतियोगितामा महिलातर्फ पाँच जना खेलाडि बिच प्रतिस्पर्धा भएको थियो जसमा सन्जु चौधरी ५३ केजी तौल समुह, देवी चौधरी ५३ केजी तौल समुह, संगिता राई ४८ केजी तौल समुह, कमला श्रेष्ठ ५८ केजी तौल समुह र तारा देवी पुन ७५ केजी तौल समुहले भाग लिएका थिए ।

यस्तै पुरुषतर्फ कमल बहादुर अधिकारी ६९ केजी तौल समुह, प्रकास केसी ६९ केजी तौल समुह, विकाश थापा ७७ केजी तौल समुह, सन्देश गुरुङ १०५ केजी तौल समुह र पुकार गुरुङ १०५ केजी तौल समुहले प्रतिस्पर्धामा भाग लिएको मुख्य प्रशिक्षक राम पौडेलले बताए ।

सो छनौट प्रतियोगितामा नेपाल भारोतोलन संघका अध्यक्ष रतन टण्डन, महासचिव पार्थसार्थी सेन गुप्त, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विक, तालिम तथा प्रशिक्षक विभागका उपनिर्देशक विमल पोख्रेल, नेपाल भारोत्तोलनका केन्द्रिय सदस्य समसुद्धिन सिद्धिकी लगायतको उपस्थिति रहेको नेपालगन्ज भारोत्तोलन संघका सचिव तिलक रावतले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २९ गते मंगलबार