कोहलपुर,२७ जेठ/ बाँकेको नेपालगन्जबाट प्रतिबन्धित लागू औषध अफिमसहित वडा सदस्य सहित ३ जना पक्राउ परेका छन् ।
रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मन बहादुर खत्री सहित ३ जनालाई ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले नेपालगन्जको एक होटलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडा सदस्य खत्री, सिस्ने गाउँपालिका –४ का ३७ वर्षिय भुपेश खड्का, वडा नंं।३ का २६ वर्षिय बमबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए ।
रुकुममै प्रति किलोको १ लाख पर्ने र भारत पुर्याए पश्चात यसको मूल्य प्रतिकिलो ५ लाख सम्ममा विक्रि हुने गरेको पक्राउ परेका अभियुक्तहरुले बयानमा जानकारी दिएको बाँके प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनजनालाई लागू औषध ओसारपसार तथा नियन्त्रण ऐन १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको र सोही अनुरुप कारवाही हुने बाँकेका प्रहरी उपरीक्षक तामाङ्गले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्