गुरुङ भाषा संस्कृतिलाई संरक्षण गर्नु पर्नेमा जोड



नेपालगन्ज,२७ जेठ/  नेपालगन्जमा शनिबार तमू (गुरुङ्ग) मातृभाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा सो प्रशिक्षण सम्पन्न भएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आदिवासि जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर बहादुुर थापाले संस्कृतिको धनी गुरुङ्ग समुुदायले आफनो थाकथलो भन्दा बाहिर बस्दा आफ्नो संस्कृतिहरु बिर्सिदै गएको अवस्थामा नेपालगन्जमा आफ्नो गुुरुङ्ग भाषाको प्रशिक्षण हुुदाँ गुरुङ्ग समुदायको भाषाको जर्गेना हुनुको साथै आफ्नो जातीय पहिचानको लागि सहयोग पुुग्ने बताए ।

साथै उनले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । कार्यक्रममा दिपक गुरुङ्गले प्रशिक्षण दिएका थिए भने बजेट गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समितिका सचिव शोभा गुरुङ्गले पारदर्शिताको लागि सार्वजनिक गरेकी थिइन् ।

सो प्रशिक्षण कार्यक्रम कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद् बाँके अध्यक्ष युग बहादुर गुुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २७ गते आइतबार