जोगा गाउँ, नेपालगन्ज २०७५ जेष्ठ २६ , नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १७ अन्तर्गत पर्ने जोगा गाउँमा आज आ
योजित निःशुल्क स्वास्थ्य शिविरबाट २८५ जना सर्वसाधारण लाभान्वित भएका छन् । शिविर विश्व धुम्रपान रहित दिवस–२०१८ को अवसर पारेर आयोजना गरिएको हो ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा नेपागन्ज उपमहान
गरपालिका वडा नम्बर १७ वडा कार्यालय, ह्यूमन राइट्स मोनिटरिङ नेपाल, काइण्ड हर्ट सोसाइटी नेपालगन्ज र स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण जिल्ला सञ्जाल बाँकेको सहकार्यमा सम्पन्न उक्त शिविरमा आएका सर्वसाधारणलाई चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शनिवार विहान १० बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालित उक्त शिविरबाट नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १७ र जानकी गाउँपालिका वडा नं. २ अन्तर्गत र आसपासका १२ गाउँका १९४ जना महिला र ९१ जना पुरुष सर्वसाधारण स्वाथ्य सेवाबाट लाभान्वित भएका थिए ।
केन्द्रकी का.वा. अध्यक्ष श्रीमती तारा के.सी.ले दिनु भएको जानकारी अनुसार उक्त शिविरमा सबभन्दा कम उमेर १ वर्षको बालकदेखि ९० वर्षिय वृद्ध, ७० वर्षिया महिलाले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरे ।
सो शिविरमा आँखाको दुखाई, आँखाबाट पानी बग्ने, मोतिया विन्दू, कानबाट पिप बग्ने, कान पाक्ने, छाती र पेट दुख्ने, जिउ दुख्ने, चिलाउने, महिलाहरुको सेतो पानी बग्ने आदि सम्बन्धि समस्याबाट पीडितहरु बढी आएका सम्बन्धित चिकित्सकले जानकारी दिए ।
शिविरमा नेपालगन्ज मेडिकल कलेज
का नाक कान घाँटी रोग विशेषज्ञ डा.श्रीधर पौडेल, स्त्री रोग सम्बन्धि डा. स्मृति श्रेष्ठ र डा. रेजिना इद्रीसी, मेडिसिन सम्बन्धि डा. सुमन चौधरी र डा. राजेश गिरि तथा बाल रोग बालरोग विशेषज्ञद्वय डा. डा.विनायक विवेक दास र डा. अरमान मियाँले स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।
नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १७ को सिमानामा अवस्थित जानकी गाउँपालिका वडा नं. २ स्थित श्री माध्यमिक विद्यालय परिसरमा विहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालित सो शिविरमा नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष अजय कुमार पाठक, सदस्य फौजदार यादव, श्री माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जव अलि हलवाई, सदस्य राम वरण वर्मा, प्रहरी चौकी साई गाउँका इञ्चार्ज मन बहादु थापाको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष अजय कुमार पाठकले आयोजक संस्था र चिकित्सकहरुप्रति आभार व्यक्त गर्दै आगामी आर्थिक वर्षमा पनि यस किसिमको शिविर सञ्चालन गर्न सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो शिविरमा सहयोग गर्नेहरुमा ह्यूमन राइट्स मोनिटरिङ नेपालका अध्यक्ष राम सुहावन सोनकर र कोषाध्यक्ष मीना चोधरी तथा आयोजक संस्थाकी कोषाध्यक्ष ममता रेग्मी, सदस्य नितेश गिरि, सदस्य ललिता जैसी, स्वास्थ्यकर्मी कृष्ण देवकोटा, निखिल जायसवाल लगायतले सहयोग गरेका थिए ।