गोरखाले मनायो १८औँ वार्षिक उत्सव, २ लाख १३ हजार रुपैयाँ बराबरको छात्रवृति प्रदान



कोहलपुर,२६ जेठ/  बाँकेको कोहलपुर नगरपालिका–२ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलले १८ औँवार्षिक उत्सव मनाएको छ ।

वार्षिक उत्सवको शुक्रबार कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका रावतले यस क्षेत्रभित्र प्राविधिकको आवश्यकता भएको हुँदा विद्यालयले प्राविधिक शिक्षालाई प्रथमिकता दिनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा २०७४ मा उत्कृष्ट विद्यार्थीहरुलाई तहगत रुपमा पुरस्कृत र २०७५ सालको छात्रवृत्तिको घोषणा समेत गरिएको थियो ।

त्यसैगरी तहगत रुपमा कक्षा नर्सरी देखि २ सम्मका तह १ कक्षा ३ देखि ७ सम्मका तह २ र कक्षा ८ देखि १० सम्मका तह ३ गरी उत्कृष्ट कक्षागत प्रथम, द्वितीय र तृतिय विद्यार्थीहरुलाई पुरुस्कार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी तहगत सर्वोउत्कृष्ट वर्ष विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७५ का लागि छात्रवृत्ति घोषणा गरी सम्मान समेत गरिएको थियो ।

विद्यालयले प्रत्येक वर्ष झै शैक्षिक सत्र २०७५ का लागि विभिन्न विधाहरुमा मासिक रु २ लाख १३ हजार ३ सय १५ बराबरको छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गरिएकोे थियो । साथै वर्षको उत्कृष्ट शिक्षकमा सिमा गुरुङ र उत्कृष्ट कर्मचारी सविता चौधरी सम्मानित भएका थिए । वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरी, कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक निरज चलाउने, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, राष्ट्रिय परीक्षा वोर्डका प्रमुख गिरमान थापा, मध्यपश्चिम पृतना तालिम केन्द्र कौशिला नगरका प्रमुख बिनोद चन्द, रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका सभापति नारायण गौडेल, कोहलपुर क्षेत्रका सरकारी, गैर सरकारी, संघ संस्थाका प्रतिनिधि, शिक्षा प्रेमी, अभिभावक, पत्रकार, वुद्धिजीवी, शिक्षक, कर्मचारी विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्र विद्यालयका सञ्चालक अध्यक्ष केशर बहादुर आलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २६ गते शनिबार