रावन बिश्वकर्मा : बाँसगढी,२५ जेठ/ बाँसगढीमा निर्माण भएको बहुउदेश्यीय कवर्ड हल सञ्चालनको लागि समिति गठन गरिएको छ ।
बाँसगढी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पुष्प बरालको अध्यक्षतामा ११ सदस्यीय कवर्ड हल व्यवस्थापन तथा सञ्चालक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भोजराज शर्मा, सचिवमा सन्जु वली, कोषाध्यक्षमा शुनिल अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा एकनारायण अधिकारी, दिनेश प्रसाद चौधरी, रामकृष्ण पौडेल, शिव चौधरी, बिरेन्द्र सिंग ठकुरी, सुर्य त्रिपाठी, कृष्ण वली रहेका छन् । बाँसगढी नगरपालिकालाई संरक्षक र वडा नम्बर ५ को वडा कार्यालय, बाँसगढी उद्योग वाणिज्य संघ, ईलाका प्रशासन कार्यालय बाँसगढी, ईलाका प्रहरी कार्यालय मोतिपुर पदेन सदस्यको रुपमा रहेका छन् ।
बाँसगढी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा कवर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष कटक विसी, ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख महेन्द्रजंग शाही, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पाल, बाँसगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरी, बाँसगढी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बद्री बराल, महासचिव युगपति पौडेल लगायतको उपस्थितिमा नयाँ समिति गठन गरिएको हो ।
बाँसगढीमा पहिलो पटक विभिन्न सभा सम्मेलन, गोष्ठी, योग शिविर, प्रशिक्षण, खेलकुद लगायतका कार्यक्रमहरु गर्न सक्ने गरी लाखौको लगानीमा ईलाका प्रहरी कार्यालय बाँसगढीको परिसर भित्र निर्माण भएको छ ।









प्रतिक्रिया दिनुहोस्