कोहलपुर,२३ जेठ/ साविक विजेता लाली रूपन्देही–११ घरेलु टिम नेपालगन्ज–११ लाई पराजित टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

खजुरा गाउँपालिकाको डीगाउँस्थित नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक नेपालगन्ज–११ लाई ४–२ गोल अन्तरले पराजित गर्दै रूपन्देही फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा लाली रूपन्देही–११ बाट जनक कार्की, ग्लोरी जोन, सालेहो र फोनाले एक–एक गोल गरेका थिए । खेलको पहिलो हाफसम्म रुपन्देही ३–० को अन्तरमा थियो ।

दोस्रो हाफको एक मिनेटमै अर्थात खेलको ४१ मिनेटमा नेपालगन्ज–११ कर्ण लिम्बुले पहिलो गोल फर्काएका थिए । ६५ मिनेटमा विभुषण केसीले दोस्रो गोल गरेका थिए ।
भोलि (बिहीबार) दोस्रो सेमिफाइनल सुदूरपश्चिम–११ र सिएमजी संकटा क्लबबीच खेल हुनेछ । आज फाइनलमा प्रवेश गरेको लाली रूपन्देही–११ र दोस्रो सेमिफाइनलबाट विजेता हने टिमबीच फाइनल खेल जेठ २६ गते हुनेछ ।









प्रतिक्रिया दिनुहोस्