कोहलपुर,२३ जेठ/ बाँकेको राप्तीसोनारी गाउँपालिकामा ७ दिने महिलाहरुका लागि आधारभुत तालिम मंगलबार सम्पन्न भएको छ ।
गाउँपालिका कार्यालयको आर्थिक सहयोग तथा महिला तथा बालबालिका शाखाको व्यवस्थनपनमा सञ्चालन गरिएको तालिमा महिलाहरुलाई बचत गर्ने, नेतृत्व गर्न क्षमता प्रजनन स्वास्थ्य, घरेलु हिंसा लगायतका विषयमा तालिम दिइएको महिला तथा बालबालिका शाखाका प्रमुख गीता शाहीले जानकारी दिइन् ।
तालिममा महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख शोभा शाह, सहायक महिला विकास निरीक्षक सानुमाया श्रेष्ठ, सेभ द चिल्डे«नका पे्रम चन्द, राप्तीसोनारी गाउँपालिकाका प्रशासकिय अधिकृत नोखीराम वली लगायतले सहजीकरण गरेका थिए ।
तालिममा राप्तीसोनारी गाउँपालिकाका ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ जेठ २३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्