बाँसगढी क्षेत्रको विकास र समृद्धिका लागि चासो



रावन बिश्वकर्मा : बाँसगढी,२२ जेठ/   बाँसगढी क्षेत्रको विकास र समृद्धिको लागि विभिन्न क्षेत्रबाट चासो देखाइएको छ ।

बाँसगढी उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको सर्वपक्षिय अन्तक्र्रियामा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले बाँसगढी क्षेत्रको विकास र समृद्धिको लागि चासो देखाउँदै अल्पकालिन र दिर्घकालिन योजना बनाएर अगाडि बढ्नु पर्ने खाँचो औँल्याएका छन् ।

सहभागीहरुले बाँसगढी क्षेत्र हरेक हिसावले विकासको सम्भावना भए पनि उचित योजना र भएका निर्णयहरु पनि कार्यान्वय नहुँदा विकासमा फड्को मार्न नसकेको कुरामा जोड दिएका छन् ।

बाँसगढी क्षेत्रमा विद्युत लाईन विस्तार, मर्मत, फोहोर मैला व्यवस्थापन, ढल निकास, खानेपानी, सार्वजनिक शौचालय, साना व्यापारीहरुको उचित व्यवस्थापन, छाडा पशु चौपायहरुको व्यवस्थापन लगायतका समस्याहरुका बारेमा शिव देवकोटा, कृष्ण देवकोटा, बद्री बराल, मायाँ पौडेल, कृष्ण पौडेल, ईश्वरी प्रसाद रिजाल, होमनाथ अधिकारी, लालबहादुर क्षेत्री, केशर बहादुर बाँठा मगर लगायतले जिज्ञासा राखेका थिए ।

सहभागिहरुले राखेका जिज्ञासाहरुका बारेमा नेपाल बिद्युत प्राधिकरण बर्दियाका प्रमुख अबधेस कुमार गुप्ता, बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी र वडा अध्यक्षहरुका तर्फबाट वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरीले जवाफ दिएका थिए ।

जिज्ञासाहरुको जवाफ दिँदै विद्युत प्राधिकरण बर्दियाका प्रमुख अवधेस कुमार गुप्ताले बर्दियामा पहिलेको भन्दा अहिले विद्युतको समस्यामा केही सुधार आएको र अझै सुधारको प्रयासमा आफू रहेको बताए ।

त्यस्तै नगर प्रमुख सालिकराम अधिकारीले बाँसगढी नगरपालिकाको हरेक विकासमा आम नागरिक जोडिएकाले आ–आफ्ना जिम्मेवारी वोध गरी जिम्मेवारी पुरा गर्ने तर्फ सबैलाई लाग्न अनुरोध गरे ।

बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रमका सभापति रामसिंह थारुले छलफलका विषयमा जानकारी तथा उद्योग व्यापारीहरुका समस्या र बाँसगढीको विकासको लागि योजना बनाएर आगाडि बढ्ने बताए ।

वाणिज्य संघका महासचिव युगपति पौडेलले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्री बरालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख सुष्मा चौधरी, ईलाका प्रशाशन कार्यालयका सूचना अधिकारी मोहन प्रसाद लम्साल, बाँसगढी उद्योग वाणिज्य संघका संस्थापनक अध्यक्ष पुष्प बराल, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २२ गते मंगलबार