नेपालगञ्ज,२२ जेठ/ नेपालगन्ज उपमहानगरपालिका भित्रका ७० अति विपन्न तथा गरिब मुस्लिम परिवारलाई रमजानमा राहात पुग्ने गरी पौष्टिक आहार सहायता खाद्यान्न वितरण गरिएको छ ।
कतर च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सोमबार सो आहार सहायता खाद्यान्न वितरण गरेको हो ।
मुस्लिम समुदायको पवित्र महिना रमजान चलिरहेकोले रोजा राख्न तथा ईद मनाउन समेत केही सहज होस् भन्ने उदेश्यका साथ विपन्न मुस्लिम एकल महिलाहरुलाई सो खाद्यान्न राहात स्वरुप वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
उनले कतर च्यारिटीले निकट भविष्यमा बाँके युनेस्को क्लब मार्फत शिक्षा, स्वास्थ्य र जिविकोपार्जन सम्बन्धी अन्य विभिन्न परियोजना बाँकेमा सञ्चालन गर्ने जनाउँदै पहिलो पटक यो सानो राहात उपलब्ध गराएको बताए ।
सो अवसरमा बोल्दै मुस्लिम अगुवा महिला तलत खानले कतर च्यारिटीले पहिलो पटक नेपालगन्जका एकल मुस्लिम विपन्न महिलाका लागि आहार सहायता सहयोग गरेकोमा धन्यवाद दिंदै भवियष्मा सहयोग बढाउन आग्रह गरिन् ।
उनले यो सहयोगबाट विपन्न परिवारलाई रमजानको रोजा बस्न तथा ईद मनाउन सहयोग पुग्ने जनाउँदै गरिबले पनि खुशी भएर पर्व मनाउन पाउने बताइन् ।
आहार सहायता राहात पाएकी नेपालगन्ज–११ की शाहजहाँ बानोले यो सहयोगले आफ्नो परिवारलाई रमजान र ईदमा खुशी मनाउन ठूलो सहयोग गर्ने बताइन् । उनले यस्ता सहयोग सबै विपन्नले पाउनु पर्नेमा जोड समेत दिईन् ।









प्रतिक्रिया दिनुहोस्