नेपालगञ्ज गोल्डकपको उद्घाटन खेलमा नेपालगञ्ज–११ विजयी



कोहलपुर,२२ जेठ/  बाँकेको खजुरास्थित डीगाउँमा टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।

सोमबार नेपाल राष्ट्रिय आदर्श निमाविको मैदानमा भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक नेपालगञ्ज–११ विजयी भएको छ । जितसँगै नेपालगञ्ज–११ सेमिफाइनलमा पुगेको छ । नेपालगञ्ज–११ ले सशस्त्र प्रहरीलाई २–० गोलले पराजित गरेको हो ।

खेल शुरु भएको ४ मिनेटमै दायाँ छेउबाट विदेशी खेलाडी मुस्तफाले निकालेको क्रसलाई विक्रमसिंह ठकुरीले गोलमा परिणत गरेका थिए । मध्यान्तरसम्म अर्को गोल हुन सकेन ।

दुवैतर्फबाट खेलाडीले केही राम्रा अवसर खेर फालेका थिए । मध्यान्तरपछि फेरि ४ मिनेटमै आयोजक टीमका विमल रानाले अर्को गोल थप्दै आफ्नो टिमलाई जित दिलाएका थिए ।

प्रतियोगिताको म्यान अफ म्याच नेपालगञ्ज–११ का विक्रमसिंह ठकुरी घाषित भएका थिए । उनले एउटा मोबाइल पाए । प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहेको छ । मंगलबार सुदूरपश्चिम–११ र सरस्वती क्लवका बीचमा खेल हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २२ गते मंगलबार