मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २१, २०७५
सल्यान,२१ जेठ/ बाघको आक्रमण बाट सल्यानमा एक महिला गम्भीर घाइते भएकी छन् ।
जिल्लाकाे शारदा नगरपालिका १२ डाँग्रीमा गएराती २ बजेतिर बाख्राको गोठ भित्र बाघ पसेपछि धपाउने क्रममा बाघले आक्रमण गर्दा ७० बर्षिया राधीका बोहरा गम्भीर घाईते भएकी हुन् ।
बाघकाे नङ्ग्राले उनकाे अनुसारमा धेरै धस्रेकाे छ भने हातमा पनि चाेट पुगेकाे छ । घर नजिकै रहेकाे बाख्रेगाेठमा उहाँ बाघ धपाउन एक्लै गएकी थिइन् ।
गम्भीर घाईते बोहरालार्इ सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् नेपालगन्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका हेल्थ असिस्टेन्ट मिलन विसीले जानकारी दिएका छन् ।